फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने समय आज सकिँदै छ। निर्वाचन आयोगले तोकेको समयभित्र दर्ता गर्न आग्रह गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मिति लगायत आवश्यक कागजात पेश गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।




















