केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृहमन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन्।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ।