सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन्।
उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन्।




















