दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ।
सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरूलाई पुरस्कृत गरेको हो।
पुरस्कृत हुनेहरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी वेद पौडेल, अर्का डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार गरी सात जानलाई पुरस्कृत गरिएको हो।
यो हत्या घण्टामा प्रहरीले सिन्धुलीका देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गरेको थियो।




















