मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक मंगलबार बिहान ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो।
बाटोबाट बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको थियो।




















