प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती भोजपुर–१ र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन्।
प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन्। २०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए। कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १० घटकबिच एकता भएपछि किराती प्रलोपातिर लागेका थिए।




















