भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ।

मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती अधिकारीले बताएका छन्। अरू क्षतिबारे विवरण सार्वजनिक भएको छैन।

अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको छ।

सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी सेनाले प्रमुख सैन्य संरचनाहरू नजिक शक्तिशाली विस्फोट गराएका थिए। काराकासको आकाशमा सैन्य विमानहरू उडिरहेको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक बस्दैछ।

बैठक सोमबार बस्ने तय भएको अन्तर्राष्ट्रिय छ।