इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ। जवाफी हमलामा इरानले इजरायल, युएई, बहराइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ।
ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यसैबीच साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको खबर प्राप्त भएको छ। रियादमा ठुलो विस्फोटको आवाज सुनिएको छ। अमेरिकाको निकट सैन्य साझेदार मानिने साउदी अरबमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ। क्षेत्रीय तनाव चुलिएका बेला खाडी क्षेत्रका विभिन्न मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।




















