अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजको आयोजनामा “नारी सम्मान” कार्यक्रम सम्पन्न भएको छ। समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सफारी रिक्सा चालकका रूपमा विगत ६ वर्षदेखि निरन्तर परिश्रम गर्दै आत्मनिर्भरताको प्रेरणादायी उदाहरण प्रस्तुत गर्नु भएकी श्रीमती आशा विश्वकर्मा, अटो चालकका रूपमा सक्रिय रहँदै महिलाहरू पनि कुनै क्षेत्रमा पछि पर्दैनन् भन्ने सन्देश दिनु भएकी श्रीमती ज्योति मण्डल, सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा लामो समयदेखि समाजमा स्वास्थ्य सचेतना फैलाउँदै महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी श्रीमती विष्णु माया कार्की तथा महिला सशक्तिकरण तथा महिला स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएकी श्रीमती पूजा कोइराला लाई सम्मान गरिएको थियो।

WhatsApp Image 2026-03-08 at 6.35.41 PM (1)

WhatsApp Image 2026-03-08 at 6.35.41 PM

कार्यक्रम संयोजक जेसी अल्का सुबेदीको संयोजनमा सम्पन्न उक्त कार्यक्रम इन्द्रपुर जेसिजका अध्यक्ष जेसी समीर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि इन्द्रपुर जेसिजकी प्रथम महिला अध्यक्ष जेसी बिना सुबेदी आचार्य रहनु भएको थियो।

WhatsApp Image 2026-03-08 at 6.35.42 PM (1)

कार्यक्रममा बोल्दै वक्ताहरूले समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला सशक्तिकरण, समान अवसर र सम्मानजनक सहभागितालाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले सकारात्मक सन्देश दिने बताएका थिए। कार्यक्रममा जेसिज पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।