राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ। आज संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गरेर पूर्ण इजलासमा पठाएको हो।
बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो। महान्यायाधिवक्ताले रविविरुद्ध दायर भएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल (पौडेल) लगायतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।




















