सुर्खेत। वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।
मृतकका आफन्त र अधिकारकर्मीहरुले ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।
शनिबार बिहान घरबाट निस्किएकी इनिशा शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा भेटिएकी थिइन्।
मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही नभएसम्म सब नबुझ्ने अडान लिएका छन्।




















