झापाको भद्रपुर नगरपालिका ५ र ६ बाट लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत ३ गते जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर-६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो भने भद्रपुर-५ बसपार्क स्थितबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित सोही स्थानका ३० वर्षीय सुभम साह, भद्रपुर-४ का ३० वर्षीय जय करण कहार, भद्रपुर-६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्द अमिर बाबुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।