राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन्।
सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै लामिछानेले भने, ‘सकेसम्म तपाईँहरू इमर्जेन्सी बाहेक सरकारी अस्पतालमा उपचार गराउनुहोस्। बाध्यकारी होइन तर यो प्रयास गर्नुहोस्।’
त्यस्तै, उनले सांसद भएपछि हरेक क्षेत्रमा बोल्दा हिँड्दा खाँदा विचार गर्नुपर्ने सुझाव दिए।
पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताउँदै अराजकतालाई कदापि स्वीकार गर्न नसकिने बताए। ‘उनले भने,’ अराजकतालाई पराजित गर्न अनुशासित हुनुपर्नेछ।’




















