राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिएका छन्।

नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने घोषणा गरेका हुन्।

सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भए पनि अनुशासनहीनता सह्य नहुने बताए। रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि) बाट आएका व्यक्तिहरू रहेको भन्दै उनले यो विशाल परिवारलाई एउटै ट्र्याकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको औँल्याए।