प्रहरी हिरासतमा रहेका कलाकार सागर लम्साल ‘बले’लाई बयानका लागि प्रहरीले सरकारी वकिल कार्यालय लगेको छ।

प्रहरी प्रतिवेदनका आधारमा कार्यालयले आइतबार जिल्ला अदालतमा म्याद थप गर्ने तयारी गरेको छ। अमेरिकाबाट एक युवतीले लेखेको स्टाटसका आधारमा बलेलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो।

बलेविरुद्ध आफ्नै प्रतिवेदनका आधारमा प्रहरीले अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयसँग राय माग्ने छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तत्काललाई अभद्र व्यवहारमा मुद्दा चलाइए पनि पछि सामाजिक सञ्जालमा आएको विषय र सम्बन्धित परिवारसँग सम्पर्कमा रहेर थप अनुसन्धान अघि बढ्ने छ।

एक युवतीले आफूलाई बलेले अमेरिका आएका बेला बलात्कार गरेको अभिव्यक्ति सार्वजनिक गरेकी थिइन्।