सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का निर्विरोध निर्वाचित बनेका छन्। समितिको सभापति पदमा खड्कालाई निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
शुक्रबार बसेको समिति बैठकले खड्कालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए। लेखा समितिको सभापतिमा खड्काको मात्रै एकल उम्मेदवारी परेको थियो।
कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले बिहीबार संसद् सचिवालयमा मनोनयन दर्ता गराएका थिए। खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए।




















