जेसीआई इन्द्रपुरको २५औँ वार्षिकोत्सव (सिल्भर जुब्लि) कार्यक्रम इन्द्रपुरमा एक समारोहका बीच सम्पन्न भएको छ। वि.सं. २०५९ सालमा स्थापना भएको संस्थाले २५ वर्ष पूरा गरेको अवसरमा विशेष रूपमा संस्थापक सदस्य सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा संस्थाको स्थापना र विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो। सस्थापक सदस्यहरुको समर्पण, नेतृत्व र मार्गदर्शनकै कारण संस्था आजको अवस्थामा आइपुगेको भन्दै वक्ताहरूले उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख तथा जेसीआई इन्द्रपुरका पूर्व अध्यक्ष केदार प्रसाद गुरागाईंले संस्थापक सदस्यहरूको योगदानलाई स्मरण गर्दै उहाँहरूले राखेको सुदृढ आधारकै कारण संस्था दीर्घकालीन रूपमा सफल बन्न सकेको उल्लेख गरे । नगर प्रमुख गुरागाइले यस्ता सम्मान कार्यक्रमले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथिका रूपमा सिनेटर भोलेश्वर दुलालको उपस्थिति रहेको थियो। साथै, JCI Biratnagar का सन् २००२ र २०२६ का अध्यक्षहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, पूर्व अध्यक्षज्यूहरू, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत नयाँ सदस्यलाई प्रमाणपत्र वितरण, पूर्व अध्यक्षहरूबीच अनुभव आदान–प्रदान, क्यालेन्डर विमोचन तथा २५औँ वार्षिकोत्सवको अवसरमा केक काट्ने कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

कार्यक्रमको सञ्चालन इन्द्रपुर जेसिज बर्ष २०२६कि महासचिव जेसी प्रभा ढकाल गरेकी थिइन भने कार्यक्रम जेसी निर्मल अधिकारी सन्योजन मा भएको थियो ।
कार्यक्रममा बोल्दै इन्द्रपुर जेसिज बर्ष २०२६का अध्यक्ष समीर बस्नेतले संस्थापक सदस्यहरूको योगदानलाई स्मरण गर्दै उहाँहरूको प्रेरणाले आगामी दिनमा संस्थालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।




















