विपद्का बेला घाइतेको उपचार र मृतकका परिवारसँगको समन्वयका लागि प्रहरीले अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना गरेको छ।

यसैगरी घाइतेहरूको उपचार भइरहेका तथा शव संकलन गरिएका काठमाडौंसहित विभिन्न अस्पतालहरूमा प्रहरी नायव उपरीक्षकहरूको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएका छन्। 

वीर अस्पतालमा ३० जना, सिभिल अस्पतालमा १३ जना, काठमाडौं मेडिकल कलेजमा पाँचजना प्रहरी खटाइएका छन्। त्रिभुवन शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जना खटाइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा आठजना प्रहरीलाई देशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पार्ने डेस्क स्थापना गरिएको छ।

यसैगरी, देशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पार्ने डेस्कमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा आठजना प्रहरी खटिएका छन्।