एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदै छ। टोली मलेसियन एअरलाइन्सबाट आज राति ९ः४५ बजे काठमाडौं आइपुग्नेछ।

नेपालले शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रोपल्ट एसिया कपमा स्थान सुरक्षित गरेको छ।

नेपालले यसअघि सन् २०२३ मा पहिलोपल्ट एसिया कप खेलेको थियो। त्यतिबेला नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरे पनि दुवै खेलमा पराजित भएको थियो।