प्रधान सेनापति अशोकराज सिग्देल आज चीन प्रस्थान गरेका छन्। चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यसतर्फ गएका हुन्। 

बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए। प्रधान सेनापति सिग्देलको भ्रमणले दुई देश बिचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

उनी त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने समेत नेपाली सेनाले जनाएको छ। उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ।