रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज बिहान ८ बजेसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जना छन्।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ। पहिचानको प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ।

पहिचान हुन बाँकी १ हजार ३५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीमा बेपत्ता ४ हजार ८९ जनाको खोजी भइरहेको छ।

यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७१२ जनालाई राखिएको छ।