रास्वपाका सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महँगीले अग्रगामी छलाङ मारेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपत्‌ले देश छटपटाइरहेको बेलामा बजार उद्दण्ड भएको बताए।

"एकातिर देश विपद्ले छटपटाइरहेका बेला अर्कोतिर बजार उदण्ड भयो। मेरै सरकारको पालामा महङ्गीले अग्रगामी छलाङ लगायो। प्याज, चिनी, चामल, तेल-हरेक चीजको भाउ बढेको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसले केही फरक पर्दैन, तर हामी जस्ता सर्वसाधारणको त ढाड नै सेकियो।"  सांसद प्रसाईंले भने।