मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ। सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ।

प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ। सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन्।

यसैगरी, एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन्। मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ।