नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन्।

“हामी पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,” उनले भनेका छन्, “सम्पूर्ण साथीहरुलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।”