सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै मंगलबार सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको हो। विपद्को अवस्थाका कारण आजका लागि तय भएको नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।
नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर चल्ने विभागले जानकारी दिएको छ। प्रणालीमा योग्य कारोबारका आधारमा कुपन थपिँदै जानेछन् र अहिलेको कार्यक्रमका कुपन सुरक्षित रहने पनि विभागले बताएको छ।
स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को कार्यक्रमको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। यस विषयमा आन्तरिक राजस्व विभागले औपचारिक सूचना जारी गर्ने तयारी गरेको छ।
नतिजा सार्वजनिक गर्ने नयाँ मिति, संयुक्त चिठ्ठामा समेटिने अवधिलगायत विषय विभागले जारी गर्ने सूचनामार्फत स्पष्ट पार्नेछ।












