प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकरी दिए।

प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्नेछन्। प्रतिनिधिसभामा आजै सभामुख अर्यालले बाढीपछिको विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।