नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै, उनीहरूबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भएको छ।
बिहीबार नै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्री बालेनसँग भेट गरेका थिए। उनीहरूबीचको भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको थियो।












