बेलबारी । बेलबारी नगरपालीकाले कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत ५०५ अनुदानमा २०७८÷७९ मा अनुदान पाउन् बाकी रहेका कृषकहरुलाई १८९ वटा कृषि उपकरणहरु बितरण गरेको छ । कुटानी पिसानी मिल २३ थान, मकै थे्रसर ४१ थान, डिजिटल काँटा ४० थान, मिनि टिलर ११ थान, इलेक्ट्रिक स्प्रेयर ५६ थान, प्लाष्टिक क्यारेट ६० थान, थोपा सिंचाई सेट ४ थान, मल्चीङ प्लाष्टिक ४ थान, र ज्याब सिडर १० थान गरी १८९ वटा कृषि यान्त्रीक उपकरणहरु बीतरण गरेको हो । बेलबारी नगरपालीकाको कृषि शाखा प्रमुख निर्मला कोइरालाले यस्ता उपकरणले कृषकहरुलाई धेरै कुरामा सहज हुने बताउनु भएको छ । यान्त्रीक उपकरणमात्र नभएर प्राङगारीक खेती र प्राङगारीक मलको पनी प्रयोग बढाउन् जोडदीने बताउनु भएको छ । किसानहरुले अनुदान पाएसँगैयस्ता सामानहरु निकै उपयोगी हुने बताएका छन् । अनुदान पाएसँगै कृषकहरु खुसी भएका छन् र अन्यकुरमा पनी अनुदान ल्याउनु पर्ने बताउ छन् । कृषि क्षेत्र र प्रविधिलाई यसै गरी सँगै लाने हो भने मात्र हाम्रो देश कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ ।




















