स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ।
प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रूपमा बजारमा ल्याएको हो।
नयाँ भेरियन्टमा १२ जीबी ¥याम र ५१२ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ। ठूलो स्टोरेजका कारण प्रयोगकर्ताले फोटो, भिडियो, एप, गेम, डकुमेन्ट तथा अन्य डिजिटल सामग्री पर्याप्त मात्रामा भण्डारण गर्न सक्ने कम्पनीको दाबी छ।
विशेषगरी धेरै फोटो तथा भिडियो खिच्ने, गेम खेल्ने र स्मार्टफोनमै ठूलो संख्यामा फाइल राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट ल्याइएको हो।
६.५७ इन्चको ब्ःइीभ्म् डिस्प्ले
अनर ६०० प्रोमा ६.५७ इन्चको ब्ःइीभ्म् डिस्प्ले दिइएको छ। कम्पनीका अनुसार डिस्प्लेले अधिकतम ८ हजार निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ। यसले बाहिरी उज्यालो वातावरणमा समेत स्क्रिनमा देखिने सामग्रीलाई स्पष्ट बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ।
चलचित्र तथा भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने, गेम खेल्ने तथा वेब ब्राउजिङ गर्ने क्रममा इमर्सिभ दृश्य अनुभव दिने गरी डिस्प्ले डिजाइन गरिएको छ।
२०० मेगापिक्सेलको मुख्य क्यामेरा
फोटोग्राफीका लागि अनर ६०० प्रो मा २०० मेगापिक्सेल प्लस ५० मेगापिक्सेल प्लस १२ मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सिस्टम राखिएको छ। उच्च रिजोलुसनको मुख्य क्यामेराले तस्बिरमा बढी विवरण कैद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै, सेल्फी तथा भिडियो कलका लागि ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ। कम्पनीले यो क्यामेरा प्रणालीलाई दैनिक फोटोग्राफीसँगै कन्टेन्ट निर्माण गर्ने प्रयोगकर्तालाई समेत लक्षित गरेको जनाएको छ।
स्न्यापड्रागन ८ को उच्चस्तरीय प्रोसेसर
यो स्मार्टफोनमा स्न्यापड्रागत ८ को उच्चस्तरीय प्रोसेसर प्रयोग गरिएको छ। यसले गेमिङ, मल्टिटास्किङ, हेभी एप्लिकेसन सञ्चालन तथा दैनिक प्रयोगमा उच्चस्तरीय प्रदर्शन दिने कम्पनीको दाबी छ।
१२ जीबी ¥यामका कारण एकैपटक धेरै एप सञ्चालन गर्दा तथा एपहरूबीच स्विच गर्दा सहज अनुभव प्राप्त हुने अपेक्षा गरिएको छ। स्मार्टफोनमा एन्ड्रोइड १६ मा आधारित म्याजिक ओएस १० प्रयोग गरिएको छ।
सात हजार एमएएच ब्याट्री
अनर ६०० प्रोको अर्को प्रमुख विशेषता यसको सात हजार मिलिअम्पियर–आवर (एमएएच) क्षमताको ब्याट्री हो। कम्पनीले लामो समयसम्म स्मार्टफोन प्रयोग गर्न सकिने गरी ठूलो ब्याट्री राखिएको जनाएको छ।
ब्याट्रीलाई ८० वाट अनर सुपर चार्ज फास्ट चार्जिङले सपोर्ट गर्छ। यसले कम समयमा फोन चार्ज गरी पुनः प्रयोगमा ल्याउन सहयोग गर्ने कम्पनीको दाबी छ।
मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ
नेपालमा अनर ६०० प्रो को १२ जीबी प्लस ५१२ जीबीको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार स्मार्टफोन नेपालभरका अधिकृत अनर स्टोरबाट खरिद गर्न सकिनेछ।
कम्पनीले नयाँ स्मार्टफोनलाई प्रिमियम डिजाइनसँगै उच्च प्रदर्शन, ठूलो स्टोरेज, शक्तिशाली क्यामेरा र लामो ब्याट्री ब्याकअप चाहने प्रयोगकर्तालाई लक्षित गरेको जनाएको छ। खासगरी फोटोग्राफी तथा कन्टेन्ट क्रिएसनमा रुचि राख्ने, गेमिङ गर्ने र स्मार्टफोनमा ठूलो परिमाणमा डिजिटल सामग्री भण्डारण गर्ने प्रयोगकर्ताका लागि ५१२ जीबी स्टोरेज यसको प्रमुख आकर्षणका रूपमा रहेको छ।












